‘सत्या’ को मुहूर्तसँगै छायांकन आरम्भ



मिलन आलेको निर्देशनमा बन्न लागेको चलचित्र ‘सत्या’ को मुहूर्तसँगै छायांकन आरम्भ भएको छ । केही दिन अगाडि मनकामना मन्दिरमा शुभ साइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।


धनेश्वर फिल्म एण्ड एभटाईजिङ्गको ब्यानरमा सुमन खत्री, जमुनादेवी कालाखेती र समिर श्रेष्ठको निर्माण रहने चलचित्रले समसामयिक कथा वाचन गर्ने निर्देशक आलले बताए । सुमन तण्डुकारले चलचित्र खिचिरहेका छन् ।

देब मर्हजनको द्वन्द्व, विकास चौधरीको संगीत रहेको चलचित्र ‘सत्या’ मा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, विकास थापालगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu