मंसिर ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र नव-अभिनेत्री आश्मा गिरीको जोडी बाँधिएको छ ।
नेपाल र थाइल्याण्डमा खिचिएको चलचित्रको ट्रेलरमा प्रेम, द्वन्द्व, रोमान्स, विछोड सबै अटाइएको छ । आकाश र आश्माको प्रेममा कलाकार द्वय विल्सन विक्रम राई र शिशिर भण्डारी भिलेन बनेका छन् ।
‘ड्रिम गर्ल’ मा सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन ।
यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ ।
‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक ऋषिराजले निर्देशन गर्ने नयाँ दुई चलचित्रको पनि घोषणा गरिएको छ । चलचित्रमा नाम ‘चुरीफुरी’ र ‘द्रोपदी’ जुराइएको छ । स्क्रिप्टको फाइनल ड्राफ तयार भएपछि कलाकार छनौट गरिने निर्देशक आचार्यको भनाई छ ।
भिडियो :-