बलिउड अभिनेत्री कंगना रनौतको नयाँ चलचित्र ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । गान्धी जयन्तीको अवसरमा टिजर सार्वजनिक गरिएको हो । २०१९ जनवरी २५ मा चलचित्र रिलिज हुँदैछ ।
टिजरमा कंगनाको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ । उनले आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन् । टिजरभन्दा अगाडि कंगनाको कयौं लुक बाहिर आइसकेको थियो ।
‘मणिकर्णिका’ को निर्देशन नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले गरेका हुन् । भारतीय मिडियाका अनुसार, ४५ दिनको सेड्युलमा चलचित्रको केही भागको निर्देशन अभिनेत्री कंगान स्वंमले गरेकी हुन् ।
भिडियो :-