घटस्थापनामा रिलिज हुने चलचित्र ‘छक्का पञ्जा ३’ यतिबेला तिव्र प्रचार प्रसारमा छ । प्रचार प्रसारलाई थप जोड दिने गरि चलचित्रको समुहले नयाँ गीत ल्याएको छ ।
चलचित्रकै गीत ‘पहिलो नम्वरमा’ राखेर बनाइएको गीतमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप समेत हानेका छन् । उनीहरुको गेटअप र गीत रमाइलो छ । गीतमा स्वर डेविड शंकरकै छ ।
गत सालको दशैंमा प्रदर्शन भएको ‘छक्का पञ्जा २’ को प्रमोसनल गीतले राम्रो चर्चा पाएको थियो । यो गीतले पनि दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमले विश्वास राखेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, संजोग कोइराला, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय छ ।
भिडियो :-