अक्षयले गर्ने भए ‘कंचना’ को हिन्दी रिमेक



बलिउड अभिनेता अक्षय कुमार हरर-कमेडी चलचित्र ‘कंचना : मुनि २’ मा देखिने भएका छन् । यसअघि उनको यही जनराको चलचित्र ‘भलभुलैया’ ले पनि बक्सअफिसमा सफलताको झन्डा गाडेको थियो ।

‘कंचना : मुनि २’ तमिल हरर-कमेडी चलचित्र हो । यसको हिन्दी रिमेकमा अक्षय कुमारलाई लिड हिरो लिइएको हो । भारतीय मिडियाका अनुसार, शबीना खानले यो तमिल चलचित्रको अधिकार हिन्दी रिमेकका लागि खरिद गरेकी छन् ।

शबीना सुपरहिट ‘राउडी राठौर’ चलचित्रको पनि निर्माता हुन् । तमिल चलचित्र ‘कंचना : मुनि २’ का डायरेक्टर, राइटर, प्रोड्यूसर र एक्टर राघव लारेन्स हुन् ।

हिन्दी भर्सनमा निर्माण हुने चलचित्रको निर्देशन पनि उनले नै गर्ने बताइएको छ । अक्षय कुमारको लामो समयदेखि ‘कंचना’ को रिमेकलाई लिएर चर्चा भएको थियो । चलचित्रकोे कन्सेप्ट ह्यूमरसँगै हरर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu