नोभेम्बरबाट एपीवान टिभीमा प्रशारण हुन लागेको ‘केविसी’ को नेपाली संस्करण ‘को बन्छ करोडपति ?’ सञ्चालन गर्न लागेका अभिनेता राजेश हमालले ‘बागमती’ र ‘सकुन्तला’ को नतिजापछि आफू चलचित्र छनौटमा सम्यमित भएको बताएका छन् । उनले चाँडै चलचित्रमा देखिने बताएका छन् ।

‘को बन्छ करोडपति ?’ को बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले चलचित्रबाट केही समय टाढा रहनुको कारण खुलाए । ‘मलाई ‘बागमती’ र ‘सकुन्तला’ बाट निकै ठूलो आश थियो । दुई चलचित्रको नतिजापछि मैले फिल्म छनौट गर्न हतार नगरेको अवश्य पनि हो ।’
आफूले निर्माण र निर्देशक गर्ने फिल्मको धमाधम तयारी भइरहेको पनि उनले जानकारी दिए ।
चलचित्रमा प्रियंका कार्की फाइनल गर्नुभएको चर्चा छ नी ? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘अहिलेसम्म कलाकारको कुनै टुंगो लागेको छैन । अहिले स्क्रिप्ट फाइनल गर्ने तयारीमा नै छु ।’ उनले ‘को बन्छ करोडप






