‘दैलो’ को ट्रेलरमा परिवारको कथा-व्यथा (भिडियो)



सुरेश उप्रेती निर्देशित तथा निर्मित चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक मुल्यमान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ ।

कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

निर्देशक उप्रेतीले बनिरहेका चलचित्रभन्दा ‘दैलो’ फरक रहेको बताए । उक्त चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu