‘निर्जला’ लाई सोलो रिलिज



निकै कम चलचित्रले पाउने सोलो रिलिजको अवसर राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ ले पाएको छ । यो चलचित्र शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ ।

चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ । चलचित्रले गाउँले परिबेशको कथा भन्छ ।

प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भन्न चाहन्छन् । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu