‘चङ्गा चेट’ पोस्टरमा को-को अटे ?



कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । चलचित्रको थिम अनुसार पोस्टर तयार पारिएको छ । केही दिनमा चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ ।

आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका रहेको चलचित्रको ‘गोजीमा दाम छैन’ गीतलाई यूट्युबमा ९० लाखभन्दा बढी पटक हेरिसकिएको छ ।


चलचित्रको ‘ढल्की ढल्की’ बोलको गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दुई गीतले चलचित्रको राम्रो हाइप निर्माण गरेकोमा निर्माता/निर्देशक उत्साहित देखिएका छन् । डार्क कमेडी बताइएको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu