डेविड र सहिमाको गीतमा जस्मिन र बिनोदको प्रेम (भिडियो)



डेविड शंकर र सहिमा श्रेष्ठको स्वरमा रहेको ‘सलल बगेको पानी…’ गीतको भिडियो सार्वजनिक भएको छ । सहिमा र डेविडको युगल स्वर रहेको गीतमा सुमन बैरागी पण्डितका शब्द शृजना रहेको छ ।

संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीत निकै लोभलाग्दो बनेको छ ।

राजु अधिकारीको निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नायिका जस्मिन श्रेष्ठ र नायक बिनोद न्यौपानेको अभिनय छ ।

जसमा ६० जना कोरससहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । भिडियोमा सम्पादक मिलन श्रेष्ठको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu