अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र महाशिवरात्रीको छेकोमा रिलिज हुने भएको हो ।
वितरक मनोज राठीले ‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘यो मितिभन्दा बाहेक हामीसँग अरु कुनै अप्सन नै छैन । चलचित्र फागुन १७ लाई नै लक हो ।’

उक्त चलचित्रमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा हो । यो चलचित्रमा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । दीवाकर भट्टराई फिल्मका निर्देशक हुन् ।
भिएफएक्सको अधिक प्रयोग हुने फिल्ममा अनमोलको अपोटिजमा दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भुवन केसी निर्मित ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।






