‘चङ्गा चेट’ मा बेरोजगार युवाको कथा, हेर्नुहोस् ट्रेलर (भिडियो)



कात्तिक १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रले बेरोजगार युवाको कथा भन्छ । ट्रेलरमा तीन पुरुष पात्र हाबी छन् । पैसा कमाउन आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झाले गर्ने संघर्ष र रमाइलो चलचित्रले वाचन गर्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।

अभिनेत्री त्रय प्रियंका कार्की, परमिता आरएल राणा र सुरक्षा पन्तलाई ट्रेलरमा खासै स्पेस दिइएको छैन । समाजभित्रको यथार्थ घट्नालाई चलचित्रमा हास्यरसमार्फत् प्रस्तुत गरिएको ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनालले बताए ।

उनी आफ्ना अघिल्ला चलचित्रभन्दा ‘चङ्गा चेट’ लाई फरक बताउँछन् । ‘लुट’ निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रमा लगानी गरेका छन् । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । कात्तिक १६ गते आउने यो फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत छ ।

निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । यो चलचित्रको यसअघि नै ‘गोजीमा दाम छैन’ गीत हिट भइसकेको छ । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu