निर्माता वाग्लेले ‘चङ्गा चेट’ को सिक्वेल बनाउने



‘लुट’ निर्माता माधव वाग्लेले चलचित्र ‘चङ्गा चेट’ रिलिज नहुँदै सिक्वेल बनाउने घोषणा गरेका छन् । आइतबार चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।

‘लुट’ को तेस्रो सिरिज हो ‘चङ्गा चेट’ ? ‘चङ्गा चेट’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नमा निर्माता वाग्लेले भने, ‘दुई चलचित्रमा आकाश-जमिनको फरक छ । कथा मिल्दैन । ‘चङ्गा चेट’ हिट भयो भने चाहिँ ‘लुट चङ्गा लुट’ नाममा यसको सिक्वेल बनाउँछु ।’


उनले कलाकार र निर्देशक छनौट भने चलचित्र हिट भएपछि घोषणा गर्ने बताए । ‘चङ्गा चेट’ को प्रयोजनका लागि बनाइएको नक्कली नोटका कारण झन्डै दुई महिना जेल जीवन विताएपछि २५ लाख धरौटीमा उनी रिहा भएका थिए ।

वाग्ले उक्त चलचित्र आफ्नो जीवनसँग मेल खाने बताउँछन् । उनले दशैंमा चलचित्र रिलिज गर्ने तयारी भएपनि ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ का कारण तिहारमा पुगेको बताए । यो चलचित्र कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu