एउटै चलचित्रमा दीपिका र पुष्पल



निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रमा अभिनेत्री दीपिका प्रसाईँ अनुबन्ध भएकी छन् । अब उनीसँग अभिनेता पुष्पल खड्काले रोमान्स गर्नेछन् । चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

नाम गोप्य राखिएको चलचित्रका लागि दीपिकाले ४ लाखमाथि पारिश्रमिक बुझेको खबर छ । उनीभन्दा अगाडि चलचित्रका लागि साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, आँचल शर्मा, प्रियंका कार्कीसँग कुरा भएको थियो । चलचित्रमा तीन हिरोइन हुनेछन् ।


सो चलचित्रमा यसअघि नै पुष्पल र लण्डनले भिसा नदिएपछि ‘लिलिबिली’ मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेविका गुरुङ अनुबन्ध भइसकेका थिए । चलचित्रका लागि एक अभिनेत्री भने अमेरिकाबाट नेपाल आउने निर्मात्री पुनमले जानकारी दिइन् ।

पुष्पलले महसंचारको चलचित्र ‘दाल भात तरकारी’ गरेपछि उक्त चलचित्रको छायांकन सुरु हुनेछ । निर्माण टिमको तयारी माघ १५ गतेबाट फ्लोरमा निस्कने छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu