‘बादशाह जुट’ गीतमा ‘काफल पाक्यो’ (भिडियो)



पौष १३ गते आउने चलचित्र ‘बादशाह जुट’ को अफिसियल गीत सार्वजनिक भएको छ । ‘काफल पाक्यो…’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमसँग कम्मर मर्काएकी छन् ।

लोक फ्लेवरको गीतमा राजनराज सिवाकोटीको स्वर छ । उनले पहिलो पटक आफ्नो शब्द तथा संगीत नभएको गीतमा आवाज भरेका हुन् । उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । डिपी खनालको शब्द रहेको गीतमा कृष्ण भारध्वजको संगीत छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो उत्तम हुमागाइँले खिचेका हुन् । गीतमा देखाइएको काफल आटिफिसियल रहेको निर्देशक जोनी सिंह राणाले बताए । ‘अफसिजनका कारण काफल नेपालमा पाइएन । मुम्बईबाट बनाएर नेपाल ल्याउँदा नक्कली काफल हिरा भन्दा कम परेन । झन्डै एक लाख लाग्यो’, उनले भने ।

एक बलिउड चलचित्र समेत निर्देशन गरिसकेका जोनीका अनुसार ‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथा हो । चलचित्रलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । प्रियंकाको फिल्ममा गीतसँगै विशेष भूमिका रहेको बताइएको छ । चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu