चाडपर्वमा परदेशीको पीडा, ‘ज्यान यो परदेशी’ गीत रिलीज (भिडियो)



काठमाण्डौ। यसपटकको दशैँ शुरु भइसकेको छ । नेपालीहरुले आफ्नो महान पर्वलाई खुशीका साथ मनाउँदै आएका छन् । परदेशबाट लाहुरे आउँदा घरमा हुने खुशी तथा शहरबाट गाउँघर जाँदा मिल्ने आनन्द सबै दशैँले नै दिने गर्छ । नेपाली कला क्षेत्रले दशैँलाई बिशेष महत्वका साथ लिने गरेको छ । दशैँ शुरु भएलगत्तै विभिन्न गीतहरुले नेपालीहरुको मन घन्किने गर्छ ।

यसै क्रममा गायक तथा संगीतकार विशाल निरौलाले नयाँ गीत रिलीज गरेका छन् । ‘ज्यान यो परदेशी’ बोलको गीतले विदेशमा सेनामा भर्ती हुने नेपालीहरुको कथा व्यक्त गरेको छ । घर छोड्ने मन नहुँदा-नहुँदै परदेशीनु पर्दाको बाध्यता, चाड-पर्वमा आफन्तसँग नहुँदाका पीडा गीतले पोख्छ ।

गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् । बिमल अधिकारी, ओबी रायमाझी। रश्मी भट्ट, मधु आचार्य, बिशाल निरौला, जुना गुरुंग र बेबो आचार्यको अभिनय रहेको छ । छायाँकार दुर्गा पौडेल हुन् भने सम्पादक बिष्णु शर्मा हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu