‘राधा २’ बन्यो ‘प्रेम दिवस’, गरियो मुहूर्त



अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रमुख भूमिका रहने चलचित्र ‘राधा २’ को नाम परिवर्तन भएको छ । अब ‘प्रेम दिवस’ नाममा चलचित्र निर्माण हुनेछ । घटस्थापनाको अवसरमा चलचित्रको मुहूर्त गरिएको छ ।

मैतिदेवी मन्दिरमा गरिएको शुभ साइतमा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नव-नायक विशाल खरेल उपस्थित थिए । प्रियंका देश बाहिर भएका कारण उपस्थित हुन सकिनन् भने आयुष्मानलाई खबर गर्नै विर्सिएको निर्देशकले बताए ।


कात्तिक पहिलो साताबाट छायांकन हुने चलचित्रमा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र बसन्त सापकोटाको संगीत रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रलाई हरि लामाले खिच्नेछन् ।

इलाम र झापामा छायांकन हुने चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी पाएका छन् । म्यूजिकल लभस्टोरी बताइएको चलचित्रमा प्रियंकासँग आयुष्मान र विशालले रोमान्स गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu