विद्यार्थीहरुले मिलेर ‘सावा ब्याज’ बनाउँदै



‘ओस्कार इन्टरनेशनल कलेज’ मा अध्ययनरत विद्यार्थीहरुले मिलेर चलचित्र ‘सावा ब्याज’ बनाएका छन् । उक्त चलचित्रको मंगलबार एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्रले समाजमा घटिरहेको यथार्थ घटनालाई देखाउने डेब्यु निर्देशक देविन राईले बताए । कात्तिकको तेस्रो साताबाट फ्लोरमा निस्कन लागेको चलचित्रमा ओस्कार कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको प्रमुख भूमिका रहनेछ ।


करीब ३ बर्षको अध्ययन र मिहिनेत पश्चात् ओस्कार कलेजका विद्यार्थीहरुले उक्त चलचित्र निर्माण गर्न लागेका हुन् । आशिष लिम्बुले खिच्ने चलचित्रको पूर्वीय पहाडी भेग तथा मकालु र काठमाडौंमा छायांकन हुनेछ ।

निकै कम लगानीमा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रलाई देगेन्द्र कुमार राई र बिपिन राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । प्रवेश र रश्मीले कथावस्तु उत्कृष्ट लागेका कारण चलचित्रमा काम गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu