पर्वतका कलाकारहरुको एकता, बिशिष्ट व्यक्तिहरु सम्मानित



काठमाण्डौ।“नाम पर्वत काम पर्वत सुन्दर प्रकृति, यसै माथि अझै हाम्रो कला सँस्कृति” भन्ने नाराका साथ सक्रिय भएको पर्वत कलाकार समाज नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पर्वत जिल्लावासी देशका बिशिष्ट केहि व्यक्तिलाई सम्मान गरेको छ ।

बुधवार आयोजित कार्यक्रमका बीच पर्वतका सन्ततिहरु राष्ट्रिय सभा अध्यक्ष सम्माननिय गणेश तिमिल्सिना, गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, साहित्यकार शान्तिनारायण श्रेष्ठ र बरिस्ठ पत्रकार युगनाथ शर्मा पौडेललाई सम्मान प्रदान गरिएको हो । समाजले पर्वतमा जन्मिई देशभर सक्रिय बिशिष्ट व्यक्तिलाई खोजी गरि सम्मान प्रदान गर्ने अध्यक्ष कस्तुपराज पन्तले बताए ।

कार्यक्रममा समाजका महासचिव कृष्ण समिप सुवेदीले झण्डै दुई सय बिशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरेका थिए । ति मध्ये अधिकांश कार्यक्रममा उपस्थित थिए । राजनीतिक, निजामति तथा शिक्षा क्षेत्रमा पर्वतका झण्डै तीन सय बिशिष्ट व्यक्ति तथा हजारौँको संख्यामा देश सेवा गरिरहेकोले सबैसँग कलाकार समाजले समन्वय गर्ने महासचिव सुवेदीले बताए ।

पर्वतका कलाकारहरुको समूह रहेको उक्त संस्थाले पर्वतले कलाको माध्यमबाट देशको लागि गरेको योगदानलाई संसारभरका नेपालीले चिन्नुपर्ने तथा जिल्लावासी कलाकारको आत्मियताको उद्देश्यका साथ पर्वत कलाकार समाज नेपाल गठन भएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुन जोशी लागायतका राजनीतिक व्यक्तित्वहरुको समेत उपस्थिती थियो । उपस्थित अतिथीहरुले पर्वत कलाकार समाजले शुरुवात गरेको आत्मियताको सन्देशबाट सबैले सिक्नुपर्ने बताए ।

समाजमा अध्यक्ष कस्तुपराज पन्त, बरिष्ठ उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, उपाध्यक्ष याम क्षेत्री, महासचिव कृष्ण समिप सुवेदी, सचिव प्रह्लाद सुवेदी, कोषाध्यक्ष रञ्जित कुमार क्षेत्री, सह-कोषाध्यक्ष सुस्मा लोहनी तथा सदस्यहरुमा युवराज भुषाल, अमृत क्षेत्री, दिपिप रेग्मी, लक्षु प्रकाश मल्ल, सुजन बराईली, रमेश सेञ्चुरी, सरोज रोशन भट्टराई, भिम ब. पौडेल रहेका छन् भने समाजका संरक्षक बरिष्ठ लोक गायक बिमलराज क्षेत्री रहेका छन् । समाजको सञ्चार संयोजकमा पत्रकार जीवन पराजुली मनोनित भएका छन् ।

निकट भबिष्यमा काठमाण्डौ, पोखरा, पर्वत र बुटवलमा भव्य सांगितिक कार्यक्रम गर्ने पनि कार्यक्रममा घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu