‘रणवीर’ पोस्टरमा शुशील र प्रशान्तको यस्तो लुक्स



चलचित्र ‘रणवीर’ को प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले मोसन पोस्टर सार्वजनिक गरेको छ । माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको मोसन पोस्टरमा अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकारको एङ्ग्री लुक्स समावेश गरिएको छ ।

‘चलचित्रको एउटा कथा यस पोष्टरले भन्छ’, निर्देशक गोविन्द सिंह भण्डारीले बताए । चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । पोस्टरले नै चलचित्र एक्सन प्याक्ड रहेको खुलाउँछ ।


बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ र एक्सन ड्रामा चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता द्वय थापा र रेग्मीले बिना सम्झौताचलचित्र बनाएको बताएका छन् ।

‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको चलचित्रले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ ।

मोसन पोस्टर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu