प्रदर्शन मिति घोषणा नगरिएको चलचित्र ‘न यता न उता’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चोलीको तुना’ गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ भने राजन इशान, मिलन अमात्य, राजन राज शिवाकोटी, र मिना सिङको स्वर छ ।

गीतको शब्द एकनारायण भण्डारीले लेखेका छन् । विक्रम स्वाँरको कोरियोग्रफी रहेको गीतको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङसँगै समिरमणी दिक्षित र मिराज रोशन फिचर्ड छन् । ‘न यता न उता’ लाई मिराज रोष र विसारद बस्नेतले निर्देशन गरेका हुन् ।
बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जीवन भट्टराई, किरन रार्इ, नमिता घिसिङ, लुनिभा तुलाधर (पवनकली), राजन खतिवडालगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।
ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता फिल्मको कथा निर्देशक मिराजले लेखेका हुन् । अभिमन्यू निरवीको डाइलग रहेको फिल्मलाई अरुण अशोककुमारले खिचेका हुन् ।
भिडियो :-




