‘जात्रै जात्रा’ मा पनि विपिन र बर्षा श्रीमान्-श्रीमती



चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को घोषणा गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको हो ।

पहिलो सिरिजकै कलाकारहरुको हालिमुहाली रहने चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कात्तिक १ गतेबाट फ्लोरमा जाने चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।


‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।

शिवराम श्रेष्ठले खिच्ने चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा पहिलो श्रृंखलाभन्दा फरक रहेको निर्देशक भट्टराईले बताए । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर यसपटक चलचित्रका पात्रहरु पैसाको पछाडि मात्र दौडिने छैनन्’, उनले भने ।

महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिससकेका छन् । निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले ब्याज खानमात्र सिक्वेल निर्माण गर्न नलागेको बताए ।

उनले भने, ‘हामीलाई पहिलो श्रृंखलाभन्दा राम्रो बनाउनु पर्ने चुनौती छ । यही कारण नै सिक्वेल निर्माणमा हामीले हतार गरेनौं । राम्रो स्क्रिप्ट आएपछि ‘जात्रै जात्रा’ निर्माण गर्न लागेका हौं ।’


‘जात्रा’ मा श्रीमान्-श्रीमतीको भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले दोस्रो सिरिजमा पनि जोडिन पाउँदा खुसी लागेको बताए । डेढ करोडको लगानीमा निर्माण हुने चलचित्रको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu