अभिनेता अनमोल केसी र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ३’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गरेसँगै शुक्रवारबाट चलचित्रको छायांकन सुरु भएको छ ।
पोस्टरमा अनमोल र सुहाना फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ । झरना थापाले दोस्रो पटक निर्देशन गर्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् ।

यो चलचित्रमा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । फिल्म सांगीतिक लभस्टोरी रहेको बताइएको छ चलचित्रमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठले द्वन्द्व निर्देशकको जिम्मेवारी पाएका छन् । ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले खिच्नेछन् ।




