‘लभ स्टेशन’ मा जसितालाई जिस्काउँदै प्रदीप



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को ५० प्रतिशत छायांकन सकिएको छ । गोविन्द शाही निर्माता रहेको चलचित्रको अहिले दर्जिलिङमा छायांकन भइरहेको छ ।

फागुनमा रिलिज गर्ने तयारी भइरहेको चलचित्रको सुटिङ सेटबाट लिड अभिनेता/अभिनेत्रीको तश्बिर बाहिरिएको छ । दुई तश्बिरमध्ये एकमा प्रदीप, जसितासँग रोमान्टिक अन्दाजमा देखिएका छन् । उनको हातमा गितार छ ।


तश्बिरबाट उनी चलचित्रमा गायकको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । निर्देशक उज्जवल घिमिरेको निर्देशन रहेको चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको पनि मा अभिनय छ ।

चलचित्रभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् । चलचित्रको कथामा प्रदीप र जसिताको जोडी खुब सुहाएको उनले बताए । अभिनेता प्रदीपले आफ्ना विगतका चलचित्रभन्दा केही पृथक ‘लभ स्टेशन’ बन्नेमा विश्वस्त छन् । उनी भन्छन्, दार्जिलिङको सुन्दर दृश्यले चलचित्र झनै राम्रो बनेको छ ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu