सिंगापुरमा ‘डाइङ क्यान्डल’ लाई दुई अवार्ड



चलचित्र ‘डाइङ क्यान्डल’ ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’ मा दुई अवार्ड आफ्नो नाम गरेको छ । चलचित्रले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड उचालेको हो ।

अभिनेत्रीको अवार्ड सृजना सुब्बाले आफ्नो नाम गर्दा छायाँकारको अवार्ड दीपन्कर सिक्देर र रवीन आचार्यले उचाले । यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । गएको दुई वर्ष अगाडि योे चलचित्र नेपाल रिलिज भएको थियो ।

दिदी-भाईको आत्मीयताको कथा चलचित्रले वाचन गरेको छ । सिंगापुरमा भएको फिल्म फेस्टिवलमा चलचित्र ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा केही दिन अगाडि सिंगापुर उडेका थिए । चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड जित्नु आफ्नो लागि थप जिम्मेवारी थपिएको निर्देशक केसीले बताए ।

चलचित्रमा तिख्खर अभिनय पस्किएकी थिएटर आर्टिस्ट सृजनाले अवार्डसँगै जिम्मेवारी महशुस भएको बताएकी छन् । गएको वर्ष नेपालमा भएका केही अवार्डमा पनि उनले उक्त चलचित्रबाट उत्कृष्ट अभिनेत्रीकोे अवार्ड उचालेकी थिइन् । ‘डाइङ क्यान्डल’ को कथा निर्देशक स्वयमले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu