मंसिर २१ गते प्रदर्शनमा आउने दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि यूट्युब रिलिज गरिएको ‘लै लै’ गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा आइतबार निर्माण टिमले दशैंको अवसर पारेर ‘बनकी चरी’ गीत सार्वजनिक गरेको हो ।
गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि. पाण्डेले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेतले एक युवतीसँग ठुम्का लगाएका छन् ।
‘प्रसाद’ मा नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छिन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । उक्त चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् ।
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ । सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ ।
भिडियो :-