मलाई उपन्यास ल्याउनु नै छैन : नम्रता



अभिनेत्री नम्रता श्रेष्ठको बारे लेखिएको उपन्यास बजारमा आउन लागेको केही दिनयता खुब चर्चा छ । लेखक सविन प्रियासनले यो कुराको जानकारी गराएका छन् । उनले नम्रताको अनुमती दिएर पुस्तक लेख्न थालेको बताएका छन् ।

तर, यो खबरको अभिनेत्री श्रेष्ठले खण्डन गरेकी छिन् । लेखकसँग भेट भएपनि उपन्यासको बारेमा औपचारिक कुराकानी नभएको उनले बताइन् । आइतबार ‘प्रसाद’ को गीत सार्वजनिक कार्यक्रममा भेटिएकी उनले आफ्नो उपन्यास आउन लागेको खबरमा सत्यता नभएको स्पष्ट पारिन् ।


‘२०१५ तिर लेखक (सविन प्रियासन) सँग भेट भएको थियो । मैले पाण्डुलिपी पनि पढेको थिएँ तर मलाई उपन्यास ल्याउनु नै छैन’, नम्रताले अगाडि भनिन्, ‘एक्कासी मेरो उपन्यास आउने खबर कहाँबाट आयो थाहा भएन ।’ प्राप्त खबरअनुसार, पुस्तकमा ब्लु भिडियोको बढी चर्चा भएपछि उनले उपन्यास प्रकाशन नगर्ने निर्णय लिएकी हुन् ।

लेखक प्रियासन भने बैशाखमा काठमाडौं आउने र नम्रतासँग बसेर उपन्यासलाई अन्तिम रुप दिने बताउँछन् । उनले पुस्तकको नाम समेत जुराइसकेका छन् । उपन्यासको नाम ‘नोवेल नम्रता’ राखिएको छ । तर, अब लेखक र नम्रताबीचमै कुरा बाँझिएको छ । सत्य को बलिरहेका छन् ? यो त ढिलो-चाँडो पक्कै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu