‘लाउरेको र्‍याप’ मा लाउरे अनुबन्ध



चलचित्र ‘ताण्डव’ पछि चर्चित नेपाली र्‍यापर लाउरेले नेपाली चलचित्रमा कमब्याक गर्ने भएका छन् । उनलाई लिएर ‘लाउरेको र्‍याप’ नाममा चलचित्र निर्माण हुँदैछ ।

पासाङ योन्जन लामाको कथा तथा निर्देशन रहने चलचित्रमा हालै लाउरे अनुबन्ध भएका हुन् । चलचित्रको मूल कथा उनीमा नै केन्द्रित हुने बताइएको छ । हाल स्क्रिप्टलाई अन्तिम रुप लिने काम भइरहेको निर्देशक लामाले बताए । चलचित्र लाउरेको जीवनसँग नजिक भएर निर्माण हुन लागेको खबर छ ।


माघमा औपचारिक घोषणा गरेर फागुनबाट चलचित्रको छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ । चलचित्रमा लाउरेसँगै ‘जिन्दगी रक्स’ फेम्ड अभिनेता सोनाम पाख्रिन पनि फाइनल भएका छन् । बाँकी कलाकार भने छनौट हुन बाँकी रहेको छ । दावा शेर्पा शेट्टीले चलचित्रलाई निर्माण गर्नेछन् ।

कसम नेपालको स्क्रिप्ट र हरी हुमागाईंको छायांकन रहने यही चलचित्रबाट पासाङले फिचर फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । ‘लाउरेको र्‍याप’ को काठमाडौं वरपर छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu