काठमाण्डौ। चलचित्र ‘जय भोले’का निर्माता तथा निर्देशक अशोक शर्माको अर्को फिल्म आगामी दशैँमा रिलीज हुने घोषणा भएको छ । यो दशैँको फुलपातीको दिन रिलीज भएको ‘जय भोले’ हेर्न हल पुगेका दर्शकमाझ चलचित्र घोषणा भएको छ ।
‘जय भोले’ सकिएसँगै स्क्रिनमा ‘रातो टीका निधारमा’ घोषणा हुन्छ । दशैँ बिशेष एक डिजाईन देखाउँदै भनिएको छ, ‘अशोक शर्माको रातो टीका निधारमा २०७६ को दशैँमा’ । यसअघि यो चलचित्रको बारेमा अशोकले खुलाएका थिएनन् । रिलीज मिति तोकिएपनि अन्य जानकारी भने खुलाईएको छैन ।
भर्सटायल अभिनेताको छवि बनाएका खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेत लगायतको अभिनय रहेको ‘जय भोले’ मंगलवार देखी देशैभर चलिरहेको छ ।