पल शाह नयाँ चलचित्र अनुबन्धित, सुरज सुब्बा निर्देशक



काठमाण्डौ। नायक पल शाहले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’मा उनि अनुबन्धित भएका हुन् ।

यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्दैछन् । फुलपातीको अवसर पारी फेसबुक मार्फत निर्देशक नाल्बोले चलचित्रमा पल शाहको प्रमूख भूमिका रहने उल्लेख गरेका छन् । मंगलबार नै पलसँग सम्झौता भएको थियो । ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले संयुक्त निर्माण गर्नेछन् ।

हाललाई चलचित्रबारे अन्य जानकारी र बाँकी कलाकारको खुलासा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu