रणवीरभन्दा दीपिका महँगी



लामो समयको प्रेम सम्बन्धलाई चाँडै विवाहमा परिणत गर्न लागेका दीपिका पादुकोण र रणवीर सिंहले १४ र १५ नोभेम्बरमा वैवाहिक जीवनमा बाँधिँदैछन् । उनीहरूलाई आकर्षक जोडी मात्रै नभई बलिउडको शक्तिशाली जोडी पनि मानिन्छ ।

दुवैले केही ब्लकबस्टर फिल्म खेलेका छन् । ‘पद्मावत’ मा काम गर्न दीपिकाले निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीसँग १२ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । त्यसअघि उनले सरदर प्रतिफिल्मबाट ६ देखि ७ करोड भारु लिँदै आएकी थिइन् ।

यस चलचित्रपछि उनले हरेक प्रोजेक्टमा कम्तीमा १२ करोडको डिमान्ड गर्ने गरेकी छिन् । उनले विभिन्न कम्पनीको ब्रान्ड प्रोमोसनबाट ५ देखि ७ करोड रुपैयाँ लिने गरेकी छिन् ।

रणवीरले यस चलचित्रबाट ७ देखि ८ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उनले ब्रान्ड प्रोमोसनबाट ३ देखि ४ करोड भारु लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu