दुई हप्तामा ‘छक्का पञ्जा ३’ ले कमायो साढे १३ करोडमाथि



घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ को दुई साताको कलेक्सन रिपार्ट सार्वजनिक भएको छ । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार, चलचित्रले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ ।

२ करोड आसपासमा निर्माण भएको चलचित्रले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ आफूलाई डोर्‍याएको थियो । प्रदर्शनको दुई दिनमा नै यो चलचित्रले २ करोडमाथि कमाएको थियो । कमेडी जनरा, टिम र हिट चलचित्रको सिक्वेलले चलचित्रको कलेक्सनमा भरपुर साथ दिएको छ ।


सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । ‘छक्का पञ्जा ३’ सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् । उनलाई अहिले शक्तिशाली महिला निर्देशकको भनिन थालिएको छ । ‘छक्का पञ्जा ३’ ले पाँचदिने विकेन्ड पाएको थियो ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu