कुर्ची बोकेरै टीका लगाउन हिँडे माग्ने, ‘घुँडा टेक्नै परेन’



काठमाण्डौ। यो वर्षको दशैं सकिएको छ । यसपटकको दशैँमा राष्ट्रपतिको अगाडी घुँडा टेकेर टीका थापेको बिषय सर्वाधिक चर्चामा छ । सामाजिक सञ्जालमा भाइरल बनेका राष्ट्रपति कार्यलयका केही तस्बिरमा केही बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेकेका वा निहुरिएका छन् । यसबारे टीकाटिप्पणी भइरहेका छन्।

पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा झुकेर टीका लगाएका तस्बिरमा देखिन्छन् । यसबारेमा राष्ट्रपति कार्यालयले व्यबस्थापकिय कमजोरीले यस्तो हुन पुगेको जनाएको छ ।

यसैबीच, हाँस्यब्यंग्यबाट जरैसम्म हल्लाउन सक्ने कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले गज्जबले व्यंग्य गरेका छन् । उनले बिहिवार प्लाष्टिकको कुर्ची हातमा बोकेको तस्वीर फेसबुकमा शेयर गरेका छन् । उनको साथमा उनकी श्रीमती सिता पनि छन् । फोटोको क्याप्सनमा लेखिएको छ, ‘हामी त दशैँ भरी आफ्नै कुर्सी बोकेर टिका लाउन हिडियो । कतै घुँडा टेक्नै परेन ।’

उनको यो व्यंग्यले सिधै राष्ट्रपति कार्यालयबाट बाहिरिएका तस्वीरहरुलाई प्रहार गरेको छ । राष्ट्रपती कार्यालयमा कुर्ची व्यबस्थापन नहुँदा केहि बिशिष्ट व्यक्तिहरुले हदैसम्मको आलोचना खेपिरहेका बेला केदारको यो व्यंग्य राष्ट्रपति कार्यालयमाथी रहेको बुझ्न सकिन्छ ।

केदार अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ यतिबेला सफलताको साथ तेश्रो हप्तामा चलिरहेको छ । हालसम्म चलचित्रले १३ करोड माथीको कलेक्शन गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu