हिन्दीमा ‘मन मगन’ (भिडियो)



गायक दिपक बज्राचार्यको लोकप्रिय गीत ‘मन मगन’ को हिन्दी भर्सन पनि सार्वजनिक भएको छ । भारतीय म्यूजिक कम्पनी डिजिट्यूनमार्फत् गीतकोे हिन्दी भर्सन सार्वजनिक भएको हो ।

गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनी डिजिट्यूनसँग अनुबन्धित भएसँगै ‘मन मगन’ को हिन्दी भर्सन पनि बनाइएको थियो । डिजिट्यूनले बज्राचार्यलाई अन्य हिन्दी गीत पनि गाउन दिनेछन् भने पहिलो चरणमा ‘मन मगन’ को हिन्दी भर्सन सार्वजनिक गरिएको हो ।

डिजिट्यूनले १ करोड भारतीय रुपैयाँ लगानी गरी ‘मन मगन’ हिन्दी भर्सनको प्रवर्द्धन भारतमा गर्न लागेको छ । सार्वजनिक भएको ‘मन मगन’ हिन्दी भर्सनमा भिडियो भने नेपाली गीतकै रहेको छ ।

‘मन मगन’ को हिन्दी भर्सनको शब्द पनि दिपककै रिदम ब्यान्डका रिकि शाक्यले लेखेका छन् । ‘मन मगन’ नेपालीको साथै नेपालभाषा भर्सनको शब्द पनि शाक्यले नै लेखेका हुन् । भारतकै ३ जना रचनाकारको शब्द र शाक्यको रचनामा डिजिट्यूनले शाक्यकै रचनालाई चयन गरेको दीपकले जानकारी दिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu