‘मोगुल’ मा आमिर र दीपिका



बलिउड अभिनेत्री दीपिका पादुकोणले चाँडै बलिउड अभिनेता आमिर खानसँग पहिलो पटक काम गर्ने भएकी छन् । बेवसाइट बलिउड लाइफका अनुसार, आमिर खानको नयाँ चलचित्र ‘मोगुल’ मा मुख्य अभिनेत्रीको रुपमा दीपिकाको इन्ट्री हुन सक्ने प्रवल सम्भावना छ ।

केही दिन अगाडि दीपिकाले आमिरको घरमा नै पुगेर भेट गरेकी थिइन् । यसपछि चर्चा सुरु भएको थियो कि दीपिका चलचित्र ‘मोगुल’ को हिस्सा बन्न सक्छिन् । चलचित्रमा दीपिका अनुबन्ध भने भइसकेकी छैनन् । तर, निर्माण टिमसँग मौखिक सहमती भएको भारतीय मिडियाहरुले बताएका छन् ।


दीपिकाले फिल्म साइन गरेपनि उनी आमिरको अपोजिटमा भने हुने छैनन् । पहिला यो चलचित्र बलिउड सुपरस्टार अक्षय कुमारले गर्ने पक्का भएको थियो । तर, चलचित्रका निर्माताको टी-सीरीजका मालिक भूषण कुमारसँग विवाद भएपछि अक्षयले चलचित्र छाडेका थिए । यसपछि आमिर जोडिएका हुन् ।

यो चलचित्र ‘मि टु’ मूभमेन्टका कारण पनि निकै चर्चामा रहेको थियो । यस चलचित्रका निर्देशक सुभाष कपूरमाथि यौन उत्पीडनको आरोप लागेको थियो । यो सबै विवाद देखेपछि आमिरले पनि उक्त चलचित्र छाडेका थिए । निर्माताले निर्देशक कपूरलाई हटाएपछि आमिर पुनः चलचित्रमा भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu