पोस्टरमा हेर्नुहोस् ‘चङ्गा चेट’ का कलाकार



कात्तिक १६ गतेलाई प्रदर्शन मिति घोेषणा गरिएको दीपेन्द्र के. खनाल निर्देशित तथा माधव वाग्ले निर्मित चलचित्र ‘चङ्गा चेट’ को तीन अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका अधिकांश लिड कलाकारलाई स्थान दिइएको पोस्टर कमेडी शैलीमा तयार पारिएको छ ।

एक पोस्टरमा भने चलचित्रका चार पात्रलाई अपराधीको रुपमा उभ्याइएको छ । चलचित्रको कथासार अनुसार पोस्टर तयार पारिएको निर्देशक खनाल बताउँछन् । यो चलचित्रको ‘गोजीमा दाम छैन’ गीत यतिबेला निकै लोकप्रिय छ ।

डार्क कमेडी बताइएको चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । शर्मिला पाण्डे पनि चलचित्रकी निर्मात्री हुन् ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu