निशुले ल्याइन् तिहार गीत (भिडियो)



नेपालीहरुको दोस्रो ठूलो चाड दिपावलीलाई लक्षित गर्दै गायिका निशु ढकालले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । तिहारमा देउसी, भैलो खेल्ने प्रचलन छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा निशुको सोलो गायन छ ।

गीतमा शब्द, संगीत तथा एरेन्ज नविन के तिमल्सिनाको छ । गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ । निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् । आगामी दिनमा नयाँ नयाँ गीत सार्वजनिक गर्ने उनको योजना छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu