‘रुमालै छ चिनो’ को ‘ए माया’ गीत रिलिज (भिडियो)



चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । संगीतकार तथा गायक अर्जुन पोखरेल र चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको गीतको शब्द अर्जुन पोख्रेल र रेशम थापाले लेखेका हुन् ।

कुनै बेलाका चर्चामा रहेको रेशम थापाको लोकगीत ‘रुमालै छ चिनो’ बाट चलचित्रको नाम राखिएको हो । भिडियोमा नायक शुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । गीतको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पदानमा शिब थारु रहेका छन् ।

चलचित्रको कथाबस्तु सबै रेशम थापाले नै लेखेका हुन् । चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्वती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu