कात्तिक ३० मा आउने तय भएको चलचित्र ‘दैलो’ को नयाँ गीत सार्वजनिक भएको छ । शिक्षण पेशा रोज्नेहरूको पीडा बोल्ने ‘हामी मास्टर…’ बोलको गीतमा निलम उप्रेतीको स्वर छ । शब्द तथा संगीत पनि उनकै हो ।
सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
निर्देशक उप्रेतीले बनिरहेका चलचित्रभन्दा ‘दैलो’ फरक रहेको बताए । उक्त चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।
भिडियो :-