सामाजिक तथा मनोरञ्जनात्मक ‘जय भोले’ : डा. भट्टराई



दशैं छेको अर्थात् फूलपातीबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ हेर्न शनिबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र अन्तर्राष्ट्रिय विभाग संयोजक तथा बाबुराम पत्नी हिसिला यमी हल पुगेका छन् ।

दुईले काठमाडौँ सुनधारास्थित सिभिल मलमा रहेको क्युएफएक्स हलमा चलचित्र हेरेका हुन् । चलचित्र हेरेपछि दुबैले राम्रो प्रतिक्रिया दिएका छन् । डा. भट्टराईले ‘जय भोले’ अपत्यारिलो चलचित्र रहेको बताए ।

उनी भन्छन्, ‘मैले धेरै अपेक्षा बोकेर आएको थिइनँ तर हेरिरहँदा चलचित्र उत्कृष्ट लाग्यो । यो एउटा सामाजिक तथा मनोरञ्जनात्मक चलचित्र हो । चलचित्रले सन्देश पनि दिएको छ ।’ नेता भट्टराईले मिडियाकै सामु फोन गरेर निर्देशक शर्मालाई बधाई समेत दिएका थिए ।

नेतृ यमीले भने नेपाली चलचित्रको स्तर वृद्धि भएकोमा खुसी व्यक्त गरिन् । ‘मेकिङ, कथावस्तु, कलाकारको अभिनयमा अहिले धेरै प्रगति भएको छ’ ‘जय भोले’ को तारिफ गर्दै उनी भन्छिन्, ‘चलचित्र उत्कृष्ट बनेको छ ।’

प्रदर्शनको पहिलो साता ३ करोड ग्रस कलेक्सन गरेको चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा खगेन्द्र स्वयमले लेखेका हुन् । चलचित्रले दुई साथी अर्थात् जय र भोलेको कथा वाचन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu