‘छक्का पञ्जा ३’ को कमाई १६ करोड, तोडियो ‘छक्का पञ्जा’ को रेकर्ड



अन्ततः ‘छक्का पञ्जा’ को एतिहासिक कलेक्सन रेकर्ड यसकै तेस्रो सिरिजले तोडेको छ । दशैंको छेको अर्थात् घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ को १७ दिने कमाईको आँकडा प्राप्त भएको छ । मोफसल वितरक कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनले ८ करोडको रिपोर्ट दिएका छन् भने राजधानी भित्र वितरणको जिम्मा लिएका मनोज राठीले पनि सोही आँकडा दिए ।

दुई वितरकबाट प्राप्त ‘छक्का पञ्जा ३’ को कमाई प्लस गर्ने हो भने चलचित्रले घरेलु बजारमा १६ करोड छापिसकेको छ । र, नेपाली चलचित्र इतिहासमै सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड आफ्नो नाम गरेको छ । बलियो कन्टेन्टका कारण यो चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बनेको छ । अब सबैको चासो लाइफटाइम कलेक्सनतर्फ बढेको छ ।


निर्देशक दीपाश्री निरौला र कलाकार, निर्माता तथा स्क्रिप्ट राईटर दीपकराज गिरीले ‘छक्का पञ्जा’ को १२८ दिनेको रेकर्ड ‘छक्का पञ्जा ३’ ले १७ दिनमा तोडेको भन्दै खुसी व्यक्त गरेका छन् । फेसबुकमा दुबैले एउटै स्टाटस शेयर गर्दै लेखेका छन्, “छक्का पञ्जा १’ ले १२८ दिनमा प्राप्त गरेको लक्ष्य ‘छक्का पञ्जा ३’ ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ । बधार्इ सबै कलाकार तथा प्राबिधिक साथिहरू । धन्यबाद दर्शक, जय नेपाली सिनेमा ।’

‘छक्का पञ्जा ३’ ले पाँचदिने विकेन्ड पाएको थियो । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu