बिहे गर्दै मलाइका र अर्जुन



लभ बर्ड्स मलाइका अरोडा र अर्जुन कपूर चाँडै प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा छन् । केही दिन अगाडि जब इटलीमा मलाइकाको जन्मदिन सेलिब्रेट गरेर यो जोडी मुम्बई फर्किए तब उनीहरुलाई हातमा हात थाम्दै क्याप्चर गरिएको थियो । तबदेखि यो जोडी चर्चाको शिखरमा छ ।


इन्डिया टुडेको एक खबर अनुसार, उनीहरु चाँडै आफ्नो विवाहको औपचारिक घोषणा गर्दैछन् र अर्को विवाह बन्धनमा बाँधिनेछन् । गएको मंगलवार मलाइकालाई आफ्नो ब्वाईफ्रेण्डसँग एयरपोर्टमा स्पोट गरिएको थियो । दुबै इटलीबाट मलाइकाको ४५ औं जन्मदिन सेलिब्रेट गरेर फर्किएका थिए ।

उनीहरुको एउटै फ्लाइटबाट यात्रा थियो । तर, जब दुई मुम्बईमा उत्रिए, तब उनीहरुले फ्यानको भीड र मिडियाबाट बच्नका लागि अलग अलग गेटबाट एग्जिट लिएका थिए । उनीहरुले केही दिन अगाडि एक टिभी शोमा हात समातेर ईन्ट्री लिएका थिए भने रियलिटी टिभी शो ‘इन्डियाज गट ट्यालेन्ट ८’ मा एकसाथ डान्स गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu