गएको दुई वर्ष अगाडि रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका एक्सन स्टार विराज भट्टले अब निर्माण र निर्देशनमा डेब्यु गर्ने भएका छन् । हाल नेपालमा रहेका उनले ‘साङ्लो’ नामक चलचित्र निर्माण र निर्देशन गर्दैछन् ।

नायिकाको खोजीमा रहेका विराज स्वयमको चलचित्रमा प्रमुख भूमिका रहने स्रोतले जानकारी दिएको छ । अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र प्रियंका कार्कीसँग चलचित्रको विषयमा अहिले कुरा भइरहेको खबर छ । केही अगाडि मात्र चलचित्रको एक गीत रेकर्ड गराइएको थियो ।
गीतमा सुरेश अधिकारीको संगीतमा निशान भट्टराईले स्वर भरेका छन् । उनलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । मंसिरपछि छायांकन सुरु हुने एक्सन-लभस्टोरी चलचित्रका लागि अहिले विराज कलाकार छनौटमा व्यस्त छन् ।




