‘गुनगुन’ गीत : संचिताको कृष्ण को ? (भिडियो)



चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको यस चलचित्रको दोस्रो गीतमा संचिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ ।

सार्वजनिक ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराई शब्द, विकास चौधरीको संगीत र मेलिना राइ तथा दौलत राइको स्वर रहेको छ । गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने यसलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

चलचित्रमा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतको अभिनय रहेको छ ।

कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्रले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए । ‘कथा सामाजिक नै हो, प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले चलचित्रलाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu