‘चङ्गा चेट’ को शिर्ष गीत रिलिज (भिडियो)



कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को शिर्ष गीत रिलिज भएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ ।

डार्क कमेडी बताइएको चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu