‘वीर विक्रम २’ मा मनिष लिम्बु बाल कलाकार



सामाजिक सञ्जालमा निकै भाइरल मनिष लिम्बु अब कलाकार बन्ने भएका छन् । बाल गायकको रुपमा आफूलाई चिनिएका उनलाई निर्देशक मिलन चाम्सले चलचित्र ‘वीर विक्रम २’ मा बाल कलाकारमा अनुबन्ध गरेका छन् ।

निर्देशक चाम्सले यो कुराको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत् दिएका छन् । ‘तपाईं हाम्रो मनमा बस्न सफल बाल गायक मनिष लिम्बु अब बाल कलाकारको भूमिकामा मेरो आगामी चलचित्र ‘वीर विक्रम २’ मा आउनु हुँदैछ । मनिष लिम्बुलाई हजुरले दिनुभएको माया आशिर्वाद निरन्तर रहि रहोस्’, उनले लेखेका छन् ।

‘वीर विक्रम २’ को छायांकन केही हप्तामा सुरु हुँदैछ । चाम्स स्वयम यस चलचित्रका निर्माता र निर्देशक हुन् । प्रदीप भारद्वाजले कथा लेखेका छन् । आकाश क्षेष्ठ, दयाहाङ राई, नाजिर हुसेनलगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu