‘केदारनाथ’ पोस्टरमा सारा र सुशान्तको रोचक केमेस्ट्री



बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु चलचित्र ‘केदारनाथ’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रमा उनको अपोजिटमा अभिनेता सुशान्त सिंह राजपूत देखिएका छन् ।

‘केदारनाथ’ चलचित्रको पोस्टरमा सारा र सुशान्तको केमेस्ट्री गजबको देखिएको छ । पोस्टरमा फिल्मका हिरो सुशान्त हिरोइन सारालाई डोकोमा बोकेर केदारनाथको यात्रामा निस्किएका छन् । ‘केदारनाथ’ बाढी पीडितको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो ।

यो पोस्टर सुशान्त र साराले सोसल मिडियामा शेयर गरेका छन् । यसभन्दा पहिला सारा निर्देशक रोहित शेट्टीको चलचित्र ‘सिम्बा’ बाट डेब्यु गर्ने चर्चा थियो, जसमा उनको साथ रणवीर सिंह छन् । यो चलचित्र पनि डिसेम्बरमा रिलिज हुँदैछ ।

तर, अब ‘केदारनाथ’ बाट नै साराको फिल्मी करिअरको सुरुवात भएको छ । अभिषेक कपूर निर्देशित यो चलचित्र ७ डिसेम्बरमा रिलिज हुँदैछ । मेकर्सबीचको विवादका कारण उक्त चलचित्रको रिलिज डेट लामो समय तय हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu