दीपावलीको छेको पारेर चलचित्र ‘दि ब्रेकअप’ टिमले मंगलबार युट्युव मार्फत पहिलो गीत रिलिज गरेको छ । यो गीत दशक पहिले प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ को रिमेक हो ।
‘ज्वाला’ चलचित्रमा समावेश हुँदा उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीतमा स्वर आशा भोस्ले र उदितनारायण झाले दएका थिए । ‘न्यू भर्सन’मा आउँदा यो गीतमा स्वर विराज गौतम र मेलिना राईको छ, एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् ।

‘ज्वाला’ मा कम्मर मर्काएका अभिनेता सरोज खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ‘दि ब्रेकअप’का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् ।
गीतलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसुर बाँकी राखेको छैन । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।
नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक बिसीको नै हो । सुरेन्द्र पौडेलले सम्पादन गरेको चलचित्र ‘दि ब्रेकअप’ आगामी पौष २७ बाट दर्शकमाझ आउँदैछ ।
गीत हेर्नुहोस् :-






