भिमफेदी गाइजको सोल्टिनी आँचल (भिडियो)



चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको गीतमा लोकप्रिय गायक शिव परियारले आवाज दिएका छन ।

भिडियोमा भिमफेदी गाइजसंगै नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ । ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा भिमफेदी गाइज र आचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ ।

भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्देशन निर्मल लामाको रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन् । पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu