नलीबाट खाना खाँदैछन् दिलिप कुमार



ट्रजेडी किङ समेत भनिने भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्थामा निरन्तर खराबी आइरहेको खबर बाहिर आइरहेका छन् । प्रत्येक १५ दिनको अन्तरालमा उनलाई अस्पताल भर्ना गर्नु पर्दछ अहिले ।

पछिल्लो खबर अनुसार उनलाई ज्वारो आउनुका साथै फोक्सोमा समस्या देखिएको छ । हाल उनको उपचार स्यहार उनकै निवासमा भैरहेको छ । मुखबाट खाना पानी खान नसक्ने अवस्थामा भएको कारण उनलाई नलीबाट खाना खुवाईदैँछ ।

चिकित्सकहरुका अनुसार उनलाई खाना पानी मुखबाट खुवाउने अवस्था छैन । मुख सुकेको खण्डमा साना बरफका टुक्रा प्रयोग गर्ने सल्लाह दिइएको छ । अभिनेता दिलिप कुमार अहिले ९५ वर्षका भएका छन् ।

अभिनेता दिलिपको स्वास्थ अवस्थाबारे समय समयमा उनकी श्रीमती अभिनेत्री सायरा बानुले अपडेट गर्दै आएकी छिन् । दिलिप र सायरका कुनै सन्तान छैनन् । १९४४ मा फिल्म ‘ज्वारभाटा’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu